१८ बैशाख २०८१, मंगलबार

नागरिक उन्मुक्ति पार्टीले भन्यो – रेशम चौधरी राजबन्दी हत्यारा भए फासी देऊ सरकार !


रेशम चौधरी फाइल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका दोषी रेशम चौधरी लगायतका राजबन्दी हत्यारा भएमा फासी दिने ऐन बनाएर चौधरीलाई फासी दिनुपर्ने भन्ने कडा माग गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग दुई वटा माग पनि अघि सारेका छन् । उक्त पार्टीले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्दै सार्वजनिक गरिनुपर्ने अर्को माग राखेको छ ।

नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । उक्त पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको हो ।

उक्त पार्टीले आजै एक पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको हो । सो पार्टीका वरिष्ठ उपाध्यक्ष पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न जोडदार माग गरेका छन् ।

आफ्ना माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै सो पार्टीले ५ गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने भएको हो । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएको भन्दै कडा विरोध समेत जनाएको छ । सर्वोच्चले उसका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी आक्रोशित भएको हो ।

यो पनि पढ्नुहोस्

नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा

जेलमै बसेर ‘धरातल’ नामक पुस्तक लेख्दै रेशम चौधरी, केही दिनमै सार्वजनिक गर्ने

कारागारबाट रेशम चौधरीले भने – पुनरावालोकन बाटो खुल्ला छ, सर्वोच्चको फैसला स्वीकार गर्छु

बालुवाटारको गठबन्धन बैठक छाडेर रञ्जिता लागिन् डिल्लीबजार कारागार

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !