१८ बैशाख २०८१, मंगलबार

कारागारबाट रेशम चौधरीले भने – पुनरावालोकन बाटो खुल्ला छ, सर्वोच्चको फैसला स्वीकार गर्छु


रेशम चौधरी

काठमाडौँ । टिकापुर घटनाका दोषी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला आफूले स्वीकार गर्ने बताएका छन् । चौधरीले सर्वोच्चले टिकापुर घटनालाई लक्षित बनाएर हिजो गरेको फैसलालाई आफूले स्वीकार गर्दै भोलि पुनरावालोकन बाटो आफ्नो लागि खुल्ला रहेको पनि बताएका छन् ।

डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका चौधरीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी, आफ्ना समर्थक तथा नेपाली दाजू भाई दिदी बहिनीहरुलाई टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक संजालमा जे पायो त्यही पोष्ट नगर्न पनि अनुरोध गरेका छन् ।

चौधरीले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्चको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको स्पष्ट पनि पारेका छन् । उनले आफू सम्मानित अदालतलाई सदा सम्मान गर्ने साथै अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

उनले आफूलाई अझै सर्वोच्च अदालतप्रति भरोसा कायमै रहेकोले आफू अझै न्यायिक पर्खाईमा रहेकोले सबैलाई सर्वोच्चको सम्मान गर्न पनि अनुरोध गरेका छन् । उनले आफू डिल्लीबजार कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेको पनि बताएका छन् ।

उनले आफू स्वस्थ रहेको र रतिभर पनि आफ्नो मन बिचलित नभएको बरु आफू पुस्तक लेखी रहेको जानकारी दिएका छन् । उनले केही दिनमा आफ्नो ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने पनि बताएका छन् ।

सर्वोच्च अदालतले हिजो टिकापुर घटनाका दोषी रेशमलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

रेशम लगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेसँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार जेलमा सजाय काटिरहेका उनी रिहा हुने सम्भावना सकिएको छ तर पुनरावालोकन बाटो उनको लागि भने खुल्ला रहेको छ ।

यस्तो छ उनले निकालेको विज्ञप्ति जस्ताको त्यस्तै

बिज्ञपति:

पार्टी का नेता,कार्यकर्ता,बुद्दीजिबी,मेरा समर्थक तथा दाजू भाई दिदी बहिनीहरु,

मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच अदालतले गरेको फ़ैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको बिक्लप हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावकलनको बाटो हाम्रोलागी खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ साथै सम्मानीत अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नू पर्दछ । अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलय प्रती भरोसा छ । हामी अझै न्यायीक पर्खाईमा छौ ! त्यसैले सबैलाई सम्मनीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो बिज्ञयप्ती जारी गरेकी छु!

म डिल्लीबजार कारागारमा धैर्य,सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु!
स्वस्थ छु रति भर मन बिचलित छैन,पुस्तक लेखी रहेको छु ।
केही दिनमा ”धरातल”नामक पुस्तकको साथ तपाई समक्ष साक्षात हुनेछु भन्दै बिदा चाहान्छु !!

जय नागरिक
रेशम चौधरी
हाल:डिल्लीबजार कारागार
२०८०।०२।०३

रेशम चौधरी

यो पनि पढ्नुहोस्

बालुवाटारको गठबन्धन बैठक छाडेर रञ्जिता लागिन् डिल्लीबजार कारागार

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !