१८ बैशाख २०८१, मंगलबार

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


रेशम चौधरी

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

रेशम चौधरीलगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेसँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय काटिरहेका रेशम रिहा हुने सम्भावना सकिएको छ ।

दुवै पक्षको बहस र जवाफी बहस सकिएसँगै न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासले सो फैसला सदर गरेको हो। तर सो मुद्दामा जोडिएका गंगाराम चौधरी र सीताराम चौधरीलाई भने सर्वोच्चे सफाइ दिएको छ ।

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी लगायतको मुद्दामा आज पनि अन्तिम बहस भएर फैसला आएको हो । कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भोगिरहेका छन् । तर जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउ भनी दिएको पुनरावेदनको रिटमाथि सर्वोच्चतमा बहस भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !