२२ बैशाख २०८१, शनिबार

जेलमै बसेर ‘धरातल’ नामक पुस्तक लेख्दै रेशम चौधरी, केही दिनमै सार्वजनिक गर्ने


रेशम चौधरी

काठमाडौँ । टिकापुर घटनाका दोषी रेशम चौधरीले आफूले जेलमै बसेर ‘धरातल’ नामक पुस्तक लेख्दै गरेको जानकारी दिएका छन् । डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका चौधरीले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

चौधरीले सर्वोच्च अदालतको फैसला आफूले स्वीकार गर्ने बताएका छन् । चौधरीले सर्वोच्चले टिकापुर घटनालाई लक्षित बनाएर हिजो गरेको फैसलालाई आफूले स्वीकार गर्दै भोलि पुनरावालोकन बाटो आफ्नो लागि खुल्ला रहेको पनि बताएका छन् ।

चौधरीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी, आफ्ना समर्थक तथा नेपाली दाजू भाई दिदी बहिनीहरुलाई टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक संजालमा जे पायो त्यही पोष्ट नगर्न पनि अनुरोध गरेका छन् ।

चौधरीले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्चको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको स्पष्ट पनि पारेका छन् । उनले आफू सम्मानित अदालतलाई सदा सम्मान गर्ने साथै अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

उनले आफूलाई अझै सर्वोच्च अदालतप्रति भरोसाकायमै रहेकोले आफू अझै न्यायिक पर्खाईमा रहेकोले सबैलाई सर्वोच्चको सम्मान गर्न पनि अनुरोध गरेका छन् । उनले आफू डिल्लीबजार कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेकोपनि बताएका छन् ।

सर्वोच्च अदालतले हिजो टिकापुर घटनाका दोषी रेशमलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

रेशम लगायत टीकापुर घटनाको मुद्दामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेसँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार जेलमा सजाय काटिरहेका उनी रिहा हुने सम्भावना सकिएको छ तर पुनरावालोकन बाटो उनको लागि भने खुल्ला रहेको छ ।

रेशम चौधरी

यो पनि पढ्नुहोस्

कारागारबाट रेशम चौधरीले भने – पुनरावालोकन बाटो खुल्ला छ, सर्वोच्चको फैसला स्वीकार गर्छु

बालुवाटारको गठबन्धन बैठक छाडेर रञ्जिता लागिन् डिल्लीबजार कारागार

रेशम चौधरी रिहा नहुने, सर्वोच्चद्वारा जन्मकैदको फैसला सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !