२३ बैशाख २०८१, आइतबार

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा


Top Bahadur Rayamaghi

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । एमालेका सांसद रायमाझीको सातदाेबाटाेस्थित घरमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा छापा मारेको हो ।

नेपाल प्रहरीले यसअघि रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको लागि उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो ।

यो पनि पढ्नुहोस्

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !