२३ बैशाख २०८१, आइतबार

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


इन्द्रजीत राई

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा राई पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईलाई ललितपुरको सौखेलबाट आज मंगलबार बिहान पक्राउ गरिएको हो । नेकपा (एमाले) को उपाध्यक्ष समेत रहेका बादल गृहमन्त्री हुँदा राई उनको सुरक्षा सल्लाहकार रहेका थिए ।

राईविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले वारेन्ट जारी गरेको थियो । द्वन्द्वको विज्ञ रुपमा चिनिने राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !