४ जेष्ठ २०८१, शुक्रबार

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ


टेकनारायण पाण्डे

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो ।

आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई केहीबेर अघि पक्राउ गरेको हो ।अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । गृह मन्त्रालयको सचिव भएकै समयमा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए ।

उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका हुन् । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !