२८ भाद्र २०८१, शुक्रबार

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि हिजो विहीबार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिनिधिसभाको हिजो अपराह्न बसेको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको थियो ।

सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ भने सत्ता पक्षले उक्त समिति आवश्यक नरहेको बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !