१२ श्रावण २०८१, शनिबार

गायक रवि ओड ५ लाख धरौटीमा छुटे


रवि ओड

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड हिजो बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर ओडले आत्मसमर्पण गरेका थिए ।

वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकै श्रीमतीले जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले गत चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !