१२ जेष्ठ २०८१, शनिबार

नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको भारतीय विदेशमन्त्रीको जिकिर


डा. एस जयशंकर फाइल फोटो

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली १०० रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको बताएका छन् ।

नेपाल सरकारले १०० रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् ।

उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी समेत गरेको एनडीटीभीले जनाएको छ ।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले १०० रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । सरकारले पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !