३ असार २०८१, आइतबार

देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट


शेरबहादुर देउवा र डा.अग्नेज कल्लामार्ड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !