११ जेष्ठ २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै


खगराज अधिकारी

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !