२१ बैशाख २०८१, शुक्रबार

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी


टोपबहादुर रायमाझी फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको लागि उनी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो ।

आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यसअघि आजै उक्त प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस्

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !