५ जेष्ठ २०८१, शनिबार

ललितपुरको ग्वार्कोमा आगलागी, एकै परिवारका ५ जना घाइते


आगजनी फाइल फोटो

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आज आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासँगै १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया गिरी र ३ वर्षीया छोरी एलिसा गिरी छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएपछि आगलागी अहिले नियन्त्रणमा आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !