२० बैशाख २०८१, बिहिबार

अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । रास्वपाको अनुशासन आयोगको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि रास्वपाको अनुशासन आयोगको बैठक बस्न लागेको हो ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले हिजो सोमबार राती बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा के गर्ने भन्ने बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

श्रेष्ठले दिएको स्पष्टीकरणमा अडियोमा आफ्नो आवाज नभएको र एडिट गरिएको दावी गरेका छन् । यद्यपि हिजो सोमबार पनि उनको अर्को अडियो टेप सार्वजनिक भएको हो ।

ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन् । उता उक्त पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो पनि सार्वजनिक

अडियोमा सुनिएको आवाज मेरो होइन, एडिट गरिएको हो : ढाकाकुमार श्रेष्ठ

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

२ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !