६ जेष्ठ २०८१, आइतबार

अडियोमा सुनिएको आवाज मेरो होइन, एडिट गरिएको हो : ढाकाकुमार श्रेष्ठ


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको अडियो आफ्नो नभएको दावी गरेका छन् ।

श्रेष्ठले आज साँझ पार्टीलाई स्पष्टीकरण बुझाउँदै अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका हुन् । यद्यपि उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूले स्वीकार गर्ने पनि बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

पार्टीले दिएको निर्देशनअनुसार दिउँसो साढे ३ बजेभित्र स्पष्टीकरण बुझाउनुपर्ने भएपनि श्रेष्ठले ढिला गरी पार्टीको अनुशासन समितिसमक्ष बुझाएका थिए । समितिका संयोजक भरतमणि देवकोटाका अनुसार साँझ पार्टीको ताकेता गरेपछि करिब ७ बजे श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।

रास्वापाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र सत्यतथ्य छानबिन गरेर सार्वजनिक गर्ने बताएका छन् । रास्वपाले डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

२ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

ढाकाकुमार श्रेष्ठसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !