१५ बैशाख २०८१, शनिबार

राप्रपाले पनि आजै घोषणापत्र सार्वजनिक गर्दै


राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आज सोमबार नै घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपाले आज सोमबार ११:३० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित थापा गाउँमा रहेको बानेश्वर बैङ्क्वेटमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् । उनका अनुसार राप्रपाले गर्न नसक्ने लम्बेतान कामको फेहरिस्त घोषणापत्र तयार नगरी गर्न सक्ने काममात्र उल्लेख गरिएको संक्षिप्त घोषणापत्र तयार गरिएको छ ।

उनका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाका रूपमा राजा, प्रदेश खारेजी, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, बलियो केन्द्र र सबल स्थानीय तह भएको दुई तहको संरचना, भ्रष्टाचार रोक्ने र २०४७ पछिका उच्चपदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिहरूका सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने कुरालाई पनि राप्रपाले घोषणापत्रको प्राथमिकतामा राखेको छ ।

आजै नेकपा (माओवादी केन्द्र) ले प्रतिबद्धतापत्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले भने घोषणापत्र ल्याउने मिति जारी गरिसकेको छैन ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

एकीकृत समाजवादीले आज घोषणापत्र सार्वजनिक गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !