८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै


नेकपा माओवादी केन्द्र

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ । माओवादीले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

माओवादीले घोषणापत्र लेख्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, सचिव साह र लीलामणि पोखरेल, नेता अमृता थापा, विज्ञका रुपमा मीनबहादुर श्रेष्ठ, हरि रोका, जाकिर हुसेन र पर्शुराम रम्तेल लगायत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !