२६ बैशाख २०८१, बुधबार

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त


युवराज अधिकारी

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरेको एक मन्त्रीले बताए ।

कानुनी आधार र ‌औचित्य बाहिर गएर ट्विनअटर विमान भाडामा दिएको, निगमनका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेकोलगायत उनीमाथि आरोप लागेपछि यसबारे छानबिन गर्न समिति गठन भएको थियो ।

छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएअनुसार अधिकारीलाई आजको मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि अध्यक्ष युवराज अधिकारीलाई असार ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।

उनी निलम्बनमा परेपछि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट निगमकै पाइलट दीपु ज्वारचनलाई अस्थायी महाप्रबन्धकमा नियुक्त गरेका थिए ।

निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले सम्हाल्ने गरी मन्त्री आलेले नियुक्त गरेतापनि सर्वोच्चको अन्तरिम आदेशपछि अधिकारी पुन: काममा फर्किएका थिए ।

अधिकारीलाई तत्कालिन पर्यटनमन्त्री प्रेम बहादुर आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक भएमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ ।

पर्यटनमन्त्रीले आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक भएतापनि उनीमाथि उल्टै कर्मचारीमाथि दूर्व्यवहार गरेको आरोप लागेको थियो । त्यो समयमा उनको र पर्यटनमन्त्री आलेको सम्बन्ध राम्रो थिएन ।

यो पनि पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

सरकारद्वारा नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !