१४ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त


नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले सो निर्णय गरेको हो ।

बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । यसअघि निगमका अध्यक्ष घिमिरेले राजीनामा दिएपछि सो अध्यक्ष पद रिक्त थियो ।

अहिले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।

निगममा हाल कार्यकारी अधिकार प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलसँग छन् । ओली सरकारले नियुक्त गरेका पौडेललाई कमजोर बनाउने गरी देउवा सरकारले अधिकारीलाई ल्याएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !