१५ बैशाख २०८१, शनिबार

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित


युवराज अधिकारी

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो समय अधिकारीलाई पर्यटनमन्त्रीले प्रेम बहादुर आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ ।

पर्यटनमन्त्रीले आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक भएतापनि उनीमाथि उल्टै कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन ।

मन्त्रिपरिषद्को बैठकले ती सबै विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिक महिनामा अध्यक्ष नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !