२४ बैशाख २०८१, सोमबार

दुर्वचन, अपशब्द बोलेको भन्दै बामदेवले भाइबर म्यासेज पठाएर यसरी थर्काए ओलीलाई !


केपी शर्मा ओली र वामदेव गौतम

काठमाडौँ । केही दिनअघि नेकपा एमाले परित्याग गरेका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भाइबर म्यासेज पठाएर ओलीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइने भनेर थर्काएका छन् ।

हिजो आइतबार नेता गौतमले एमाले अध्यक्ष ओली सहित ओलीनिकट केही नेताहरुलाई नेता गौतमले भाइबर मार्फत् म्यासेज पठाएर यस्तो आरोप लगाएका हुन् ।

उनले सबैभन्दा ठूलो पार्टीको नेताबाट दुर्वचन र मिथ्या वाहेक केही सुन्न नपाइएको गुनासो गर्दै आफूले कम्युनिस्ट आन्दोलन नछाडेकाले कतै भेट पनि हुनसक्ने स्पष्ट भने पारेका छन् ।

ओलीले शनिबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शुक्रबार मात्र एमाले छोडेका गौतम उपप्रधानमन्त्री खानका लागि पार्टी छोडेकोले आफूलाई आरोप किन ? भनेर जवाफ फर्काएका छन् । ओलीले भनेका थिए, ‘उपप्रधानमन्त्री खान मन लागेको छ भने भइहाल्छ नि । किन केपी ओलीलाई गाली गरेर निवेदन लेख्नुपर्‍यो ?’

ओलीले बामदेवप्रति लक्षित गर्दै भनेका थिए, ‘कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छ भने तपाईं केपी शर्मा ओली तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो, तपाईं केपी शर्मा ओलीले कुन्नी के जाती गर्नुभयो । त्यसकारण एमाले छोडेँ ।’

ओलीले भनेका थिए, ‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि । केपी शर्मा ओलीलाई गाली किन गर्ने ? निवेदन एउटा कुरा छ, निवेदनको व्यहोरा अर्कै छ । मान्छेले बुझ्नै गाह्रो पर्ने गरी । एउटाको नजिक हुनको लागि अर्कोलाई गाली गर्ने ?

गौतमले शुक्रबार मात्र एमाले मुख्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका थिए । गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका थिए ।

गौतमले राजीनामा पत्रका एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । गौतमले आफ्ना समकक्षी नेताहरूलाई समेत ओलीले अवलम्बन गरेको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगालेको आरोप लगाएका थिए ।

यस्तो छ नेता गौतमले पठाएको भाइबर म्यासेज

“नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो। मैले एमाले पार्टी छोडे पनि कम्युनिस्ट आन्दोलन छोडेको छैन। ख़्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।”

यो पनि पढ्नुहोस्

वामदेवलाई ओलीको जवाफ : उपप्रधानमन्त्री खान पार्टी छोडेकोले मलाई आरोप किन लगाएको ?

नेपालप्रति ओलीको कटाक्ष : खान पाइन्छ भनेर दौडने लङ्गुरहरू पार्टी छाडेर गएका हुन्

वामदेव एकैदिनमा तीनथरी कुरा गर्थे : सूर्य थापा

अन्तत: वामदेव गौतमले छाडे एमाले, अव के हुन्छ उनको सांसद पद ?

आखिर किन छाडे वामदेव गौतमले नेकपा एमाले ? यस्ता छन् कारणहरु

वामदेव गौतमले छाडे एमाले, पार्टी कार्यालय पुगेर दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !