६ जेष्ठ २०८१, आइतबार

माधव नेपालले अचानक बोलाए संसदीय दलको बैठक


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको संसदीय दलको बैठक अचानक बोलाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले आज अपराह्न संसदीय दलको बैठक बोलाएका हुन् ।

जसपा विभाजन भएसँगै नेकपा एसमा पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला नेपालले बोलाएको संसदीय दलको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

पार्टीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको बुझिएको छन् । एमालेबाट अलग भएर नेपालले २०७८ साल भदौं एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !