१२ बैशाख २०८१, बुधबार

वामदेवलाई ओलीको जवाफ : उपप्रधानमन्त्री खान पार्टी छोडेकोले मलाई आरोप किन लगाएको ?


केपी शर्मा ओली र वामदेव गौतम

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो मात्र एमाले छोडेका वामदेव गौतम उपप्रधानमन्त्री खानका लागि पार्टी छोडेकोले मलाई आरोप किन ? भनेर जवाफ फर्काएका छन् ।

आज शनिवार नेकपा एमाले काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘उपप्रधानमन्त्री खान मन लागेको छ भने भइहाल्छ नि । किन केपी ओलीलाई गाली गरेर निवेदन लेख्नुपर्‍यो ?’

ओलीले बामदेवप्रति लक्षित गर्दै भने, ‘कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छ भने तपाईं केपी शर्मा ओली तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो, तपाईं केपी शर्मा ओलीले कुन्नी के जाती गर्नुभयो । त्यसकारण एमाले छोडेँ ।’

ओलीले भने, ‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि । केपी शर्मा ओलीलाई गाली किन गर्ने ? निवेदन एउटा कुरा छ, निवेदनको व्यहोरा अर्कै छ । मान्छेले बुझ्नै गाह्रो पर्ने गरी । एउटाको नजिक हुनको लागि अर्कोलाई गाली गर्ने ?

गौतमले हिजो शुक्रबार मात्र एमाले मुख्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका थिए । गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका थिए ।

गौतमले राजीनामा पत्रका एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । गौतमले आफ्ना समकक्षी नेताहरूलाई समेत ओलीले अवलम्बन गरेको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगालेको आरोप लगाएका थिए ।

यो पनि पढ्नुहोस्

नेपालप्रति ओलीको कटाक्ष : खान पाइन्छ भनेर दौडने लङ्गुरहरू पार्टी छाडेर गएका हुन्

वामदेव एकैदिनमा तीनथरी कुरा गर्थे : सूर्य थापा

अन्तत: वामदेव गौतमले छाडे एमाले, अव के हुन्छ उनको सांसद पद ?

आखिर किन छाडे वामदेव गौतमले नेकपा एमाले ? यस्ता छन् कारणहरु

वामदेव गौतमले छाडे एमाले, पार्टी कार्यालय पुगेर दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !