८ बैशाख २०८१, शनिबार

वामदेव एकैदिनमा तीनथरी कुरा गर्थे : सूर्य थापा


सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले हिजो मात्र एमाले परित्याग गरेका एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले विगतमा एकैदिनमा तीनथरी कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज लेख्दै थापाले वामदेव बिहान घरबाट निस्किँदा नेकपा (माले) काे पक्षमा कुरा गर्थे, दिउँसो माओवादी बनिसक्थे र बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे भनेर व्यंग गरेका छन् ।

गौतमले हिजो शुक्रबार मात्र एमाले मुख्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका थिए । गौतमले पार्टी परित्याग गर्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

थापाले खासमा अस्थिरताकाे हिसाबले वामदेव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे साख्खै सानी आमाकाे छाेरा भाइ जस्तै लाग्छन् र छन् पनि भनेर तुलना गरेका छन् ।

नेपाली राजनीति वृत्तमा वामदेव गौतमलाई अडान नभएको अस्थिर मानसिकता भएको नेताको रुपमा चित्रण गरिन्छ भने प्रचण्डलाई पनि अस्थिर त जहिले सत्तामा बस्न रुचाउने क्रान्तिकारी नेताको रुपमा हेरिन्छ ।

उनले २०५४-५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा काे थियाे ? भनेर प्रश्न गर्दै वामदेवप्रति व्यंग गरेका छन् ।

उनले लेखेका छन्, ‘यही कारण अन्तत: नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले) काे एकता, दुई तिहाईकाे कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटकाे भीरकाे डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे ? अनि, हिजाेदेखि व्यक्तिमा सीमित बने ? सही उत्तर मिलाउनुहाेस ?’

सूर्य थापा फेसबुक स्टाट्स

यो पनि पढ्नुहोस्

अन्तत: वामदेव गौतमले छाडे एमाले, अव के हुन्छ उनको सांसद पद ?

आखिर किन छाडे वामदेव गौतमले नेकपा एमाले ? यस्ता छन् कारणहरु

वामदेव गौतमले छाडे एमाले, पार्टी कार्यालय पुगेर दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !