२० बैशाख २०८१, बिहिबार

एमाले विवाद मिलाउन दोस्रो तहका नेताको निर्णायक वार्ता होटल समिटमा जारी


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौ । राजनीतिक रुपमा विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका दुवै समूहका नेताको निर्णायक वार्ता ललितपुरको कुपण्डोलस्थित होटल समिटमा जारी रहेको छ ।

दिउँसो १ बजेदेखि नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णयक छलफलमा जुटेका हुन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भएपनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् ।

जारी वार्तामा अध्यक्ष ओली समूहबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल समूहबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेका छन् ।

एकता प्रयासको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी भइरहेका बेला दुवैपक्षका दोस्रो तहका नेता फेरि निर्णायक वार्तामा जुटेका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो शुक्रबार बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई ३ दिनभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि एकताका सबै सम्भावना सकिएको चर्चा हुन थालेको थियो।

बैठकले विघटित प्रतिनिधिसभाका माधव कुमार नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

हिजो बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी भएको थिएन भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका थिए । यस्तै एमालेको माधव नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर हिजो शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताको पहल गर्न गरेको आग्रह ओलीले पनि अस्वीकार गरेका थिए ।

केन्द्रीय कमिटी बैठकअघि हिजो बिहीवारको स्थायी कमिटीका सदस्यहरूको बैठकको निर्णयबारे जानकारी गराउन बालुवाटार गएका नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले ओलीलाई बिहान बालुवाटारमा भेटेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालपक्षले त्यसको कुनै अर्थ नभएको भन्दै ओलीपक्षले गरेको निर्णय अवैध भएको टिप्पणी गरेको थियो । अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै आफूहरुले छलफललाई निरन्तरता दिएको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्

एकताको जिम्मा दिनुस्, दुवैलाई चित्त बुझ्ने गरी पार्टी मिलाउँछु : वामदेव गौतम

नेपाललाई ओलीको अल्टिमेटम : दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुदैन

ओलीलाई वामदेवको सुझाव : प्रचण्डलाई सकिन्न, माधवलाई ल्याएर चुनावको वातावरण बनाउनुस्

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

एमाले बैठकमा ओलीको दुखेसो : भेटौं भन्दा माधव नेपालले मान्नुभएन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !