४ जेष्ठ २०८१, शुक्रबार

एमोक्सिसिलिन एण्टिबायोटिक औषधिबारे छोटो जानकारी


एमोक्सिसिलिन

काठमाडौँ । एमोक्सिसिलिन ५०० मि.ग्राम, पेनिसिलिन एण्टिबायोटिक औषधिको श्रेणी अन्तर्गत पर्दछ । यो औषधिको प्रयोग फोक्सो, छाला, कानको रोग, पिनास, पिसाबको सक्रमण, निमोनिया, ब्रोंकाइटिस, गोनोरिया जस्ता रोगको उपचारमा यो औषधि उपयोगी छ ।

एमोक्सिसिलिन ५०० मि.ग्राम औषधि संग एण्टिबायोटिक क्लेरिथ्रोमाइसिन मिश्रण गरेर डाक्टरको परामर्शमा सेवन गराएमा पेटको अल्सरमा समेत राम्रो फाइदा गर्दछ । कुनैपनि पेनिसिलिन समूहको औषधि सेवन गराउदा हुनसक्ने एलर्जीमा यो औषधि चलाउनु हुँदैन प्रतिक्रिया देखाउन सक्छ ।

एमोक्सिसिलिन समूहको औषधि चलाउदा पखला लाग्न सक्छ । यस्ता औषधि चलाउदा मेट्रोनाइडाजोल ४०० मि.ग्रामको औषधि साथै चलाउनाले यो समस्या हल हुन सक्छ । कुनैपनि एण्टिबायोटिक औषधि चलाउदा डाक्टरको परामर्शमा चलाउनु पर्दछ वा अनुभवी व्यक्तिको रेखदेखमा चलाउने बानी बसाल्नु राम्रो हो ।

एमोक्सिसिलिन ५०० मि.ग्राम प्रयोग हुने अन्य रोगहरू

१. कानको संक्रमणमा

कानको संक्रमणमा प्रयोग गर्दा कान पाक्ने रोग निको हुन्छ ।

२. नाकको संक्रमण

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूल बैक्टीरियाको नाकको सक्रमणमा राम्रो फाइदा गर्दछ ।

३. गलाको सक्रमणमा

एमोक्सीसिलिन ५०० एमजी कैप्सूल गलाको सक्रमणमा राम्रो फाइदा गर्दछ ।

४. स्वास प्रस्वासको संक्रमण

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूलको उपयोगले राम्रो फाइदा गर्दछ ।

५. छाला सम्वन्धित रोगको संक्रमण

एमोक्सीसिलिन ५०० मि.ग्राम कैप्सूल स्ट्रेप्टोकोकी र बैक्टीरियाको कारणले भएको छाला सम्बन्धित रोगमा पनि उपयोगी छ ।

६. Urinary tract infection मा

एमोक्सीसिलिन ५००मि.मि.कैप्सूल मूत्र ट्यूब, मूत्राशय (सिस्टिटिस) र किडनी (पाइलोनेफ्राइटिस) संक्रमणको उपचारमा पनि उपयोगी छ ।

७. गोनोरिया सम्वन्धित संक्रमण र धातु रोगमा समेत उपयोगी छ ।

८. टाइफाइड ज्वरोमा

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूल टाइफाइड र पैराटाइफाइड ज्वरोमा पनि उपयोगी छ ।

९. पेटको अल्सर

एमोक्सीसिलिन ५०० मि.ग्रामको कैप्सूलको उपयोग हेलिकोबैक्टर पाइलोरीको कारणले पेटमा अल्सरको उपचारमा राम्रो फाइदा गर्दछ ।

१०. डेन्टल एबसेस

एमोक्सीसिलिन ५०० मि.ग्राम कैप्सूल गिजा र दाँतको संक्रमणको उपचारमा राम्रो फाइदा गर्दछ ।

मात्रा : ८ घण्टाको फरकमा दिन सकिन्छ । कुनैपनि रोगको उपचार गर्नुपूर्व डाक्टरको परामर्श अवश्य लिनुहोला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !