१३ बैशाख २०८१, बिहिबार

एमाले बैठकमा ओलीको दुखेसो : भेटौं भन्दा माधव नेपालले मान्नुभएन


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि कुरै गर्न नमानेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले हिजो बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् ।

ओलीले नेता नेपाललाई फोन गर्दा आफूसँग कुरै गर्न नचाहेको भन्दै बेवास्ता गरेको गुनासो पनि गरेका छन् । हिजो बिहीबार बेलुका आफूले भेटौं भनेर आग्रह गरेको बताउँदै ओलीले २०-२५ मिनेट फोनमा कुरा भएको पनि जानकारी दिए ।

उनले भने, ‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । २०-२५ मिनेट कुरा गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन । उल्टै तपाईंको टेलिफोन उठाउदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।’

आज बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी भएको छैन भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

यस्तै एमालेको माधव नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर आज शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताको पहल गर्न गरेको आग्रह ओलीले पनि अस्वीकार गरेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि हिजो बिहीवारको स्थायी कमिटीका सदस्यहरूको बैठकको निर्णयबारे जानकारी गराउन बालुवाटार गएका नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले ओलीलाई बिहान बालुवाटारमा भेटेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीलाई वामदेवको सुझाव : प्रचण्डलाई सकिन्न, माधवलाई ल्याएर चुनावको वातावरण बनाउनुस्

माधव नेपालले गल्ती गर्नु भएकै हो : उपाध्यक्ष गौतम

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

पार्टी र सरकारका विरुद्ध मच्चाइरहेको स्याल हुइयाँ टिक्नेवाला छैन : अध्यक्ष ओली

बैठक स्थगित गर्न नेपाल समूहका नेताले गरेको आग्रह ओलीद्वारा अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु