१३ बैशाख २०८१, बिहिबार

नेपाललाई ओलीको अल्टिमेटम : दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुदैन


केन्द्रिय कमिटी बैठक फाइल फोटो

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर दुई दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनलेभने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।”

ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए । ‘… यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !