एकताको जिम्मा दिनुस्, दुवैलाई चित्त बुझ्ने गरी पार्टी मिलाउँछु : वामदेव गौतम Nepalpatra एकताको जिम्मा दिनुस्, दुवैलाई चित्त बुझ्ने गरी पार्टी मिलाउँछु : वामदेव गौतम
१२ श्रावण २०७८, मंगलबार

एकताको जिम्मा दिनुस्, दुवैलाई चित्त बुझ्ने गरी पार्टी मिलाउँछु : वामदेव गौतम


केपी ओली र बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मा आफूलाई दिन प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा दिएमा दुवै नेताहरु ओली र नेपाललाई मिलाउने दाबी समेत गरेका छन् ।

गौतमले भने, ‘पार्टी एकताको जिम्मा मलाई दिनुस्, तपाईं र माधव नेपाललाई समेत मान्य हुनेगरी पार्टी एकता गर्छु, पार्टीलाई फेरि पुरानै अवस्थामै फर्काउँछु । आजको भोलि नै त भन्दिनँ, केही दिनमा दुवैलाई मिल्नेगरी पार्टी एकता गर्छु ।’

नेकपा एमालेको कुनै गुटमा नलागी पार्टी एकता दबाब अभियान सञ्चालन गर्दै आएका गौतमले आफू एमाले बैठकमा आएको र अब नफर्किने पनि स्पष्ट पारेका छन् । उनले भने, ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एक प्रश्नको जवाफमा गौतमले आफू फेरि नफर्किने स्पष्ट पारेका हुन् । ‘म बैठकमा आएको छु, पार्टी एकता जोगाउन लाग्छु, कतै फर्किँदिनँ,’ गौतमले भने ।

गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका हुन् । उनले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् ।

गौतमले पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई माधव नेपाल समूहलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउन सुझाव दिएका छन् । गौतमले भने, ”प्रचण्डलाई त सकिन्न, कम्तिमा पनि माधव नेपालहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनुस् ।’

गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्‍याउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’

उनले आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी एकता जोगाउन केपी कमरेड एक कदम पछाडि र माधव कमरेड एक कदम अगाडि बढ्नुपर्छ । म जहिले पनि एकताको पक्षमा छु । त्यो बेलमा पनि प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिन भनेको थिएँ, विषयअनुसार समर्थन र विरोध गर्छु ।’

उनले केन्द्रीय कमिटी ब्युँताउने निर्णय सही भएकाले आफू बैठकमा सहभागी भएको खुलासा गरे । गौतमले आफूले पार्टी एकता भंग हुने कुनै निर्णयमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

नेपाललाई ओलीको अल्टिमेटम : दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुदैन

एमाले बैठकमा ओलीको दुखेसो : भेटौं भन्दा माधव नेपालले मान्नुभएन

ओलीलाई वामदेवको सुझाव : प्रचण्डलाई सकिन्न, माधवलाई ल्याएर चुनावको वातावरण बनाउनुस्

माधव नेपालले गल्ती गर्नु भएकै हो : उपाध्यक्ष गौतम

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

पार्टी र सरकारका विरुद्ध मच्चाइरहेको स्याल हुइयाँ टिक्नेवाला छैन : अध्यक्ष ओली

बैठक स्थगित गर्न नेपाल समूहका नेताले गरेको आग्रह ओलीद्वारा अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !