१४ बैशाख २०८१, शुक्रबार

ओली समूहको स्थायी कमिटी बैठक किन भयो अचानक स्थगित ?

ओली समूहको स्थायी कमिटी बैठक स्थगित


केपी शर्मा ओली

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको आज बिहान साढे ८ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक अचानक स्थगित भएको छ । उक्त समूहको स्थायी समिति बैठक हिजो बुधबार बसेको थियो ।

प्रधानमन्त्री सहित नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको उक्त समूहका एक नेताले जानकारी दिए । उनका अनुसार पार्टीको भावी रणनीतिबारे एकचरण छलफल भइसकेको र अन्य पक्षसँग पनि छलफल गर्नुपर्ने भएकाले स्थायी समिति बैठक स्थगित गरिएको हो । थप गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

हिजो बसेको बैठकमा प्रधानमन्त्रीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको रिटलाई बदर गरेर प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।

हिजो बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले चाल्न सक्ने भावी रणनीतिक कदमहरु

प्रधानमन्त्री ओली राजीनामा दिनेबारे परामर्शमा, देलान् त राजीनामा ?

ओली समूहको स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !