१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको बैठक


केपी शर्मा ओली File Photo

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी विभाजन भएपछि ओली समूहको स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओली समूहमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-माधव समूहले किन डाक्यो संसदीय दलको बैठक ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !