१५ बैशाख २०८१, शनिबार

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

देउवासँग मिलेर जान प्रचण्ड र माधव नेपालको प्रस्ताव


प्रचण्ड र देउवा

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग २० मिनेट कुराकानी गरेर फर्किएका छन् । चितवनमा रहेका प्रचण्ड र माधव काठमाडौं फर्कनासाथ सभापति देउवाको निवास बुढानिलकण्ठमा छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेर प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरेको फैसला गरेपछि र नेकपा विभाजित भएको परिस्थितिमा प्रचण्ड-माधवले देउवालाई भेट्नु राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो ।

दिउसो १:१५ बजे देउवा निवास पुगेका प्रचण्ड-नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएका थिए । बहुप्रतिक्षित भेटवार्ता के केछलफल भयो भन्ने जनचासो बढ्नु स्वाभाविक हो हुने तयारी रहेको छ । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रम र अब कसरी अगाडि जाने भन्ने बारेमा छलफल भएको थियो ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए । यस अगाडिको भेटमा प्रचण्ड-नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

दुवै पक्ष आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका हुन् । प्रचण्ड-नेपालले समझदारी गरेरै अगाडि जानेबारे देउवासँग कुराकानी गरेका थिए भने देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफू निर्णयमा पुग्ने बताएका छन् ।

यससँगै सभापति देउवाले पार्टी पदाधिकारी बैठक भोलि बिहीबार अपरान्ह ३ बजे बोलाएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं उपत्यका बाहिर भएकोले उनी आज साँझ काठमाडौं आइपुग्ने पौडेलको सचिवालयले जानकारी दिएको छ । पौडेलको सचिवालयले दिएको जानकारी अनुसार आज बिहान प्रचण्ड र नेपालले पौडेलसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रचण्ड-नेपाल पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ । पेरिसडाँडामा स्थायी कमिटीको अनौपचारिक बैठक बसेको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्दैछ । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएको थियो । प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब बन्ने नयाँ सरकारको पनि चर्चा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस र नेकपाका प्रचण्ड-नेपाल समूह आन्दोलनमा थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !