७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रचण्ड भन्छन्, 'प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक'


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक फैसला रहेको बताएका हुन् ।

साथै अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले एक अर्कालाई लड्डु खुवाउनुका साथै अबिर माला गरेर खुसियाली मनाएका छन् । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनले चेतावनी समेत दिए ।

प्रचण्डले अब प्रधानमन्त्री ओलीसँग कुनै सहमति नहुने बताए यसअघि सार्वजनिक रूपमा गरिएका प्रतिवद्धता अनुसार नै आफूहरू अघि बढ्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !