१४ बैशाख २०८१, शुक्रबार

संसद विघटन सिफारिसपछि सुरक्षा सतर्कता बढाउन किन आइजिपीले दिए निर्देशन ?


शैलेश थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आज आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओली संसद विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन् । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत हाइअर्लट बस्न निर्देशन गरिएको बुझिएको छ ।

ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् । साथै ओलीले संसद विघटन, मध्यवधि निर्वाचन र संकटकाल लगायतका विकल्पमा आफू निकटका नेताहरुसँग परामर्श गरेका छन् ।

फिल्डमा प्रमुख रूपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रूपमा सुरक्षा सतर्कता बढाउन सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुन विपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?

बालुवाटारमा प्रचण्डलाई भेट्न किन मानेनन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, होला त आज सहमति ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !