२४ बैशाख २०८१, सोमबार

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । आज आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट नदिएपछि प्रचण्ड खुमलटार फर्किएका छन् ।

राष्ट्रपति संविधानको संरक्षक भएकोले देशमा सिर्जना भएको यस्तो विषम परिस्थितिमा प्रधानमन्त्रीले गरेको विघटनको प्रस्तावलाई होल्ड गर्न सकिने पनि सम्भावना रहेको छ । देशका प्रमुख पार्टीका शीर्ष नेताहरु र संविधानविद्सँग सरसल्लाह गर्न तुरुन्त छलफल गरी देशलाई थप संकटवाट बचाउन उचित निर्णय लिनुपर्ने देखिन्छ ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षको अडानले नेपालको वर्तमान राजनीति जटिल मोडमा पुगेको छ । प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएकोमा राजनीतिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले हिजो बिहानैदेखि नेकपाभित्रको विवाद समाधानका लागि राजनीतिक भेटघाट तीव्र पारेका थिए । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्ड सहितका नेताहरुको केहीबेरमा छलफल हुदैछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, होला त आज सहमति ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !