२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षको अडानले नेपालको वर्तमान राजनीति जटिल मोडमा पुगेको छ । प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएकोमा राजनीतिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेको थाहा पाउने बित्तिकै नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले हिजो बिहानैदेखि नेकपाभित्रको विवाद समाधानका लागि राजनीतिक भेटघाट तीव्र पारेका थिए ।

हिजो खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर सहमतिमा आउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओली प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेतापनि प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बुझिएको छ ।

उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्‍याएका थिए । तर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भनेर जवाफ दिएका थिए ।

हिजो शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेको शीतलनिवास उच्च स्रोतले जनाएको छ ।

ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

साथै ओलीले संसद विघटन, मध्यवधि निर्वाचन र संकटकाल लगायतका विकल्पमा आफू निकटका नेताहरुसँग परामर्श गरेका छन् । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत हाइअर्लट बस्न निर्देशन गरिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, होला त आज सहमति ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !