२३ बैशाख २०८१, आइतबार

बालुवाटारमा प्रचण्डलाई भेट्न किन मानेनन् प्रधानमन्त्री ओली ?


ओली र प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेको थाहा पाउने बित्तिकै नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट नदिएपछि प्रचण्ड खुमलटार फर्किएका छन् ।

मन्त्रिपरिषदले उक्त निर्णय गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग कुरा गर्न चाहेका थिए । हिजो खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा आउन गरेको आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ‘जस्तालाई तेस्तै ढिडालाई निस्तै’ भनेझैँ ओलीले प्रचण्डलाई भेट नदिएको हुनसक्ने बुझिएको छ ।

उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्‍याएका थिए । तर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भनेर जवाफ दिएका थिए ।

हिजो शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेको शीतलनिवास उच्च स्रोतले जनाएको थियो ।

ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, होला त आज सहमति ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !