२० बैशाख २०८१, बिहिबार

ओली समूहका नेतालाई अहिलेसम्मकै कडा यस्तो स्टाट्स लेखे भिम रावलले


भीम रावल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भिम रावलले आफ्ना आलोचक ओली समूहका नेता तथा कार्यकर्तालाई कडा शब्दमा व्यंग गर्दै अहिलेसम्मकै कडा स्टाट्स सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।

आफूहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दा व्यङ्ग्य गर्नेलाई कडा जवाफ दिएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि नेकपाभित्र र बाहिर राजनीतक वृत्तमा एकदम चर्चाको विषय बनेको छ ।

ओली आफैं प्रचण्डलाई भेट्न खुमलटार गएपछि नेता भिम रावलले ओली पक्षलाई व्यंग्य गरेका छन् । उनले नेताबीच कुराकानी हुनु र सहमति खोज्न राम्रो भएको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ । वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ? नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ’ ।

यो पनि पढ्नुहोस्

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !