१५ बैशाख २०८१, शनिबार

भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउँदै


हर्षवर्द्धन श्रींगला

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन् । दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार नेपाल आउने कार्यक्रम रहेको छ । बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्ने कार्यक्रम छ । श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।

शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल-भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ । उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !