१५ बैशाख २०८१, शनिबार

शसस्त्र समूहबीचको भिडन्तका क्रममा ५० भन्दा बढीको मृत्यु


मृत्यु

बाङ्गुली, १९ वैशाख । दुई ओटा शसस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् ।

दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो । भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये २५ जना आम नागरिक र अरु २८ जना शसस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ ।

दुई पक्षका वीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको समाचारमा जनाइएको छ । यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो । विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !