१८ बैशाख २०८१, मंगलबार

इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त


एन्टोनियो गुटर्रेस

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् ।

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्तअनुसार शान्तिपूर्ण संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

मंगलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतंकवादी आधारहरू’मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतंकवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !