१८ बैशाख २०८१, मंगलबार

चीनमा शक्तिशाली भूकम्प


चीनमा शक्तिशाली भूकम्प

काठमाडौँ । चीनमा शक्तिशाली भूकम्प गएको छ । हिजो सोमबार राति ११ बजेर ३९ मिनेटमा चीनमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल रहेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दुमा कैयौँ आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !