२४ बैशाख २०८१, सोमबार

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि


प्रणव मुखर्जी

१६ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेख्नुभएको पत्रमा भारतका पूर्व प्रधानमन्त्री मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेको बतानुभएको छ ।

त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउनु भएको पत्रमा भुटानी जनता तर्फबाट भारतीय नतालाई समवेदना दिनुभएको छ ।

त्यसैगरी श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा अफूलाई निकै दुःख लागेको भन्नुभएको छ ।

उहाँले ट्वीट गर्दै आफ्नो तर्फबाट र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउनुभएको छ ।

उहाँले सो पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै उहाँको कार्यकालमा रुस र भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभएको छ । भारतका १३ औँ राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको थियो । उहाँको कार्यकाल सन् उहाँ २०१२ देखि २०१७ सम्म रहेको थियो । पूर्व राष्ट्रपति मुखर्जीको आजै अन्त्येष्टि गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !