२१ बैशाख २०८१, शुक्रबार

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकी परिवारका सदस्यहरुको स्वाब संकलन


स्वाब संकलन

जेठ ३, काठमाडौँ । धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण शुरु गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएकी उनको बिहीबार जेठ १ गते राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको थियो ।

मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको थियो । तर थप परीक्षणको लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । स्वास-प्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गरिएको थियो  ।

अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब निकालि सकेको छ । ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् । सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !