८ जेष्ठ २०८१, मंगलबार

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो


धुलिखेल अस्पताल

३ जेठ, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएको विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ती महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको छ । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । उनको रिपोर्ट आउन बाँकी रहेको छ । धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !