२४ बैशाख २०८१, सोमबार

काभ्रेमा पनि भेटिए पहिलो पटक कोरोना संक्रमित


कोरोना भाइरस

३ जेठ, काठमाडौं । काभ्रे जिल्लामा पनि पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २७६ थियो भने आज फेरि थप २ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो

नेपालमा संक्रमितको संख्या २७६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !