१४ जेष्ठ २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या २७६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित


कोरोना पोजेटिभ

३ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लामा नयाँ संक्रमण देखिएको हो । योसँगै अहिलेसम्म आज शनिवार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार फेरि शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २७३ थियो भने आज शनिवार फेरि थप ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २७३ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !