३ असार २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या २७३ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६ संक्रमित


कोभिड-१९

३ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लामा नयाँ संक्रमण देखिएको हो । पहिलोपटक सिराहामा पनि कोरोनाको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु-११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुषहरु, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया युवती र चितवन गढौली-१ निवासी २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २६७ थियो भने आज शनिवार बिहान थप ६ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २६७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !