२१ बैशाख २०८१, शुक्रबार

नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि


नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता काैशल मिश्राले आज एक प्रेस विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएकी हुन् ।

उनका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको हो । उनले एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको जानकारी दिएकी छन् ।

मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलाेपटक ओमिक्राेन पुष्टि भएकाे जनाएकाे थियाे । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएपछि पुस ७ गते १ जनामा ओमिक्रोन पुष्टि भएको थियो । याेसँगै नेपालमा २७ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे छ ।

नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

यो पनि पढ्नुहोस्

अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएसँगै अपनाइयो उच्च सतर्कता

ओमिक्रोनको असर : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

‘ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

नेपालमा ओमिक्रोन देखिएका दुवैको कोरोना रिपोर्ट नेगेटिभ, भए निको

यसरी नेपालमा आइपुग्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

नेपालमा पनि २ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास, कति खतरनाक छ ?

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’

के हो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !